संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने बताएका छन् । पर्यटन मन्त्रालयमा बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँगको छलफलमा मन्त्री भट्टराईले धार्मिक तथा सांस्कृतिक महत्वको उक्त पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन तथा उनीहरुको बसाई लम्ब्याउन योगदान गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री भट्टराईले पद्यसंभव पदमार्गको विकासका लागि चालु आर्थिक वर्षमा बजेको व्यवस्था हुने बताउँदै यसको लागि विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन समेत दिए ।
उनले बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दाबी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा नेपाललाई विकास गर्नुपर्ने बताए । उनले‘‘ बुद्ध धर्मको प्रचार गर्ने प्रमुख गुरु आचार्य पद्यसंभवले नेपालका विभिन्न स्थलमा भ्रमण गरी विशेष गन्तब्य बनाएको पनि स्मरण गरे । पुरातत्व विभाव, लुम्बिनी विकास कोषलगायत स्वतन्त्र व्यक्तिले गरेको अध्ययनलाई पनि एकतृत गरी सरोकारवालासँग थप छलफल गरी पदमार्गको विस्तृत कार्ययोजना अघि बढाइने मन्त्री भट्टराईको भनाई छ ।
तक्सिलामा जन्मिएक तान्त्रिक गुरु पद्यसंभव आठौँ सताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतीयन राजाले उनलाई तिब्बत बोलाएर बुद्ध धर्मको प्रचार गर्न लगाएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले सुनाए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिष्ट सर्टिकका अभियान्ता विक्रम पाँडे काजीलगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्रोडक्टको रुपमा विकास गरिनुपर्ने बताए ।