१२ लाख पर्यटक नआउँदासम्म ‘भोलेन्टिएर’ बन्दै ‘टाक्सफोर्स’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 09:46:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण थिलथिलो बनेको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन ‘टाक्सफोर्स’ बनेको छ । कोभिड १९ का कारण प्रभावित बनेको पर्यटन उद्योगको उद्धारको उपाय खोज्न ‘सार्वजनिक निजी साझेदारी’ मोडलमा उच्चस्तरीय कार्यदल गठन भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी संरक्षक रहने र निजी क्षेत्रका संघसंस्थाबाट ६ जना अध्यक्षहरु संस्थागत संरक्षकका रुपमा रहने गरी कार्यदल बनेको हो । 

टास्कफोर्समा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी पनि छन् । टास्कफोर्सले पर्यटन (होटेल, पदयात्रा, पर्वतारोहण र नागरिक उड्डयन) क्षेत्रलाई तत्काल टिकाउने र त्यसपछि पुनरुत्थान गर्ने गरी छुट्टाछुट्टै योजना बनाउने जिम्मेवारी पाएको छ । 

‘आन्तरिक छलफल गर्दै जाने, विदेशमा भएका अभ्यास हेर्दै जाने र सम्भव भएसम्म त्यसलाई प्रयोग गर्दै जाने भन्ने हो’ टाक्सफेर्समा सदस्य रहेका पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशीले भने, ‘जति जति सकिन्छ, त्यति त्यति काम गर्दै जाने भन्ने अवधारणा हो ।’

यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टर र स्कालले सक्रियता लिएका हुन् । 

कार्यदलको विज्ञ सल्लाहकारमा होटेल द्वारिकाकी प्रवन्ध निर्देशक अम्बिका श्रेष्ठ, टेम्पल टाइगर ग्रुपका अध्यक्ष बसन्त मिश्र, बुद्ध एयरका प्रवन्ध निर्देशक बीरेन्द्र बस्नेत, पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठ, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पा छन् ।

१२ पर्यटक नआउँदासम्म काम

टाक्सफोर्सले कोरोना भाइरसको महामारी आउनुभन्दा अगाडीको अवस्था नआउन्जेलसम्म काम गर्ने छ । यसका लागि ५ महिनासम्म परीक्षण अवधि नै रहने छ । यसका लागि निजी क्षेत्रबाटै जुटाएर आर्थिक प्रवन्ध मिलाईने भएको छ । 

‘अहिले कतै हामीले आर्थिक सहयोगको प्रस्ताव पनि गरेका छैनौँ’ जोशीले भने, ‘नीजि क्षेत्रबाटै जुटाएर गर्ने हो, हामी सबै भोलेन्टिएर भएर काम गर्ने छौँ ।’

१२ लाख विदेशी पर्यटक आउने अवस्था नबनेसम्म टाक्सफोर्सले काम गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved