नेपालमै पहिलोपटक ‘सावर बञ्जी’ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 01:31:52 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय राजधानी पोखरामा ‘सावर बञ्जी’ सुरु भएको छ । एड्भेञ्चर टुरिजमका लागि नेपालको पायोनियर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले सावर बञ्जी सुरु गरेको हो । यो भनेको बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइन्छ ।

कास्कीको हेम्जामा रहेको बञ्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी सावर बञ्जीको अवधारणा ल्याइएको हाइग्राउण्ड एड्भेञ्चर्स नेपाल प्रा.लि.का प्रवन्ध निर्देशक दिनेश महर्जनले बताए । उनका अनुसार सावर बञ्जी नेपालकै पहिलो हो भने विश्वकै दोस्रो हो । 

यसमा रमाउन ६ हजार ५ सयमा फोटो, भिडियो र टिसर्टसहित बञ्जी बुक गर्न सकिनेछ । जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।

हाइग्राउण्डले युरोपेली एड्भेञ्चर कम्पनी ‘बञ्जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बञ्जी जम्प सुरू गरेको थियो । 

सावर बञ्जीले अझै एड्भेञ्चर अनुभव गराउने भएकाले पोखरामा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढने र पर्यटन प्रवद्र्धनमा थप मद्दत हुने विश्वास लिइएको छ । 

क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो ।  यसमा जोडी अँगालो मारेर बञ्जी गर्ने ‘टेन्डम बञ्जी’ पनि नेपालमा हाइग्राउडले नै सुरू गरेको हो । 

कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनको लगानी छ ।

कम्पनीले सन् २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन भित्र्याएको थियो । सूर्योदय र सूर्यास्तका लागि चर्चित पोखराको सराङ्कोटको टाकुराबाट हेम्जाको फाँटमा पुगिने जिपलाइन अमेरिकी एड्भेञ्चर कम्पनी ‘जिपफ्ल्यायर युएस’को फ्रेन्चाइज जिपलाइन हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved