तातोपानी नाका खुल्यो, रसुवागढी तत्काल नखुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2020 | 01:50:37 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी छिमेकी देश चीनसँगको प्रमुख व्यापारिक नाका ‘तातोपानी’ सञ्चालनमा आएको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि गत माघदेखि बन्द रहेको तातोपानी नाका बुधबारबाट सञ्चालमना आएको हो । 

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार अतिआवश्यक सामना आयात गर्न नाका खोलिएको हो । उक्त नाका हुँदै बुधबार १० बाकस सेनिटाइजर र १९ बाकस मास्क नेपाल भित्रिएको छ । 

शुक्रबारबाट ठूला परिमाणमा सामान भन्सार कार्यालयमा आइपुग्नेछन् । उक्त नाका माघ १३ देखि बन्द थियो ।

यसैबीच रसुवागढी नाका भने तत्काल नखुल्ने भएको छ । चीनले रसुवागढी नाका नखोल्ने जानकारी नेपाल सरकारलाई गराएको छ । 

वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ मा नै तातोपानी र रसुवागढी नाका खोल्न चीन सरकारलाई आग्रह गरेको थियो । नेपालले अनुरोध पत्र पठाएको ९ दिनपछि जवापल दिँदै चीनले तत्कालका लागि तोतोपानी नाका मात्रै खोल्न सकिने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved