मंगलबार थप ३ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । यसअघि हिजै मात्र देशभर ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार हालसम्म ९६ हजार ६०९ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २१ सय ८ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ४१ हजार ७ सय ५५ जना उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ७ सय ६५ पुगेको छ ।