‘प्रचण्ड–नेपाल’ समुहले प्रधानमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण सोध्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 08:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रचण्ड नेपाल समुहको नेकपा ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। पार्टीका लक्ष्य उदेश्य र कार्यक्रमका बिरुद्द गतिबिधि बढाएको आरोपमा प्रचण्ड नेपाल समुहको स्थायी कमिटिको बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको जनाईएको छ। 

भारतीय च्यानल जी न्युज लागी अन्तर्वार्ता दिनु, जी न्युजका पत्रकार बिना अनुमती सगरमाथा क्षेत्रमा पुर्याएको भन्दै प्रचण्ड माधव नेपाल समुहले घोर भर्त्सहना गरेको छ। 

आज बसेको प्रचण्ड माधव समुहको नेकपाको स्थायी कमिटिको बैठकले आगामी दिनहरुमा काठमाडौं उपत्यका र बाहिर आन्दोलन गर्ने गरि आन्दोलनको कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ। 

त्यस्तै प्रचण्ड माधव समुहको नेकपाले माघ १६ गतेका दिन काठमाडौं केन्द्रित शसक्त प्रदशन गर्ने तथा पुर्व निर्धारित कार्यक्रम अनुसार २६ गते ससक्त आन्दोलन गर्ने निर्णय समेत गरेको छ। 

देशका अरु भागमा तय गरिएका आन्दोलनका कार्यक्रमलाई समेत जारी राख्ने  निर्णय भएको नेता रावलले बताए। नेता रावलकाअनुसार प्रचण्ड माधव समुहको नेकपाले लुम्बिनी प्रदेशका इन्चार्ज तय गरेको छ। त्यस्तै प्रदेश नम्बर १ मा कमिटि र मातहतका कमिटिका कार्यकारी जिम्मेवारीमा रहेकाहरुको समेत टुंगो लगाएको छ। 

नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई पनि आफूखुसी काम गरेको र आफूखुसि काम गर्दै आएको आरोपमा प्रचण्ड माधव नेकपा बिष्णु  पौडेललाई समेत कारबाही गर्ने निर्णय गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved