प्रधानमन्त्री भन्छन्, ‘झुटको प्रचार गर्ने ठेक्का लिएको एउटा पत्रिका छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2021 | 03:09:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतका एक जना न्यायधीशसँग भेट गरेको प्रमाणित गर्न चूनौती दिएका छन् । शनिबार आफ्नो समूहका  प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै आफूले आजसम्म कहिल्यै नभेटेका र नचिनेका न्यायधीशसँग भेट गर्यो भनेर गलत हल्ला फैलाउन खोजिएको दाबी गरे । 

‘निर्वाचन हुनु हुँदैन, पुरानै संसद पुनःस्थापना हुनुपर्छ भनेर अदालत जानुहुन्छ । झुट र बेइमानीको सहारा लिएर उहाँहरू बोल्नुभएको छ’, ओलीले भने, ‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए  यति बजेदेखि यति बजेसम्म भन्नुभन्दा झुट के हुन्छ ? न्यायालयमाथि योभन्दा ठूलो प्रहार के हुन्छ ? उहाँहरू यो कुराको प्रमाणित गर्नुहुन्छ ? एकपटक होइन, सायद कहिल्यै भेटेको छैन ।’ न्यायधीश सपना प्रधान मल्ललाई न्यायाधीश हुनुअघि एउटा कार्यक्रममा देखेको बाहेक अरु कुनै न्यायधीशसँग आफूले दोहोरो भेट नगरेको प्रधानमन्त्रीको दाबी छ ।  

‘अरू न्यायाधीशलाई मैले देखेको पनि छैन र चिनेको पनि छैन’ ओली भन्छन्, ‘एउटा पत्रिका जो झुट बोल्ने प्रक्रियाको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्चले भनिसक्यो । फेरि आज पनि न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको हो भनेर समाचार लेख्यो। लोकतान्त्रिक संस्थामाथि हमला ?’

सर्वाेच्चको संवैधानिक इजलासका २ सहित ४ जना न्यायाधीशलाई प्रधानमन्त्रीले भेटेको भन्दै शुक्रबार प्रश्न उठेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved