उखु किसानले ५७ करोड भूक्तानी पाए, अब ८ करोड बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2021 | 04:38:17 PM मा प्रकाशित

laxmi  sunrise bank

उखु किसानलाई ४ वटा चिनि मिलले ५७ करोड रुपैयाँ भूक्तानी गरेका छन् । ३५ करोड ३१ लाख रुपैयाँ तिर्न बाँकी रहेकोमा ५७ करोड ३० लाख रुपैयाँ भूक्तानी गरेका हुन् । अब ८ करोड १ लाख रुपैयाँ तिर्न बाँकी रहेको उद्योग मन्त्रालयको तथ्यांकले जनाएको छ ।

भूक्तानी भएको रकममध्ये श्रीराम सुगर मिलले तिर्न बाँकी सबै ३५ करोड रुपैयाँ भूक्तानी गरेको छ । अन्नपूर्ण चिनि मिलले १७ करोड तिर्न बाँकी रहेकोमा १० करोड ८८ लाख रुपैयाँ किसानलाई तिरेको छ भने १ करोड ७६ लाख खातामा जम्मा गरेको छ । इन्दिरा सुगर मिलले ४ करोड ७० लाख तिर्न बाँकी रहेकोमा १ करोड ५० लाख मात्रै तिरेको छ । लुम्बिनी चिनि उद्योगले ८ करोड ४१ लाखमध्ये ५ करोड १६ लाख भूक्तानी गरेको छ । ३ करोड रुपैयाँ रोक्का राखिएको उद्योग मन्त्रालयले जनाएको छ । 

महालक्ष्मी सुगर मिलले भने तिर्न बाँकी २० लाखमध्ये एक रुपैयाँ पनि भूक्तानी गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved