निर्वाचन भए पहिलो चरणमा कहाँ कहाँ हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 05:50:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ । पहिलो चरणमा हुने भनिएको निर्वाचन बैशाख १७ गते गर्नेगरी तयारी अघि बढेको छ । निर्वाचन आयोग र सुरक्षा निकायले आफूहरु तयार रहेको जनाउ दिईसकेका छन् । 

तर, निर्वाचन हुन्छ कि हुँदैन भन्ने सन्देहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा ४ वटा प्रदेशमा निर्वाचन गराईने बताएका छन् । सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गराउने तयारी भईरहेको जानकारी गराएका छन् । 

बैशाख २७ गतेका लागि तोकिएको दोस्रो चरणको निर्वाचन भने प्रदेश नम्बर १, बागमती प्रदेश र कर्णाली प्रदेशमा निर्वाचन गराउने तयारी भएको प्रधानमन्त्रीको भनाई छ । अन्तिम निर्णय भईनसके पनि तयारी भने यसैका लागि केन्द्रित रहेको प्रधानमन्त्रीको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved