निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन, दुवै पक्षसामु नयाँ अन्योल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2021 | 09:41:34 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ। आज बसेको आयोगको बैठकले दुवै पक्षको मागदावीलाई अस्वीकार गर्दै यस्तो निर्णय गरेको हो। 

दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन सक्ने नदेखिएकाले आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले  जानकारी दिए। 

आयोगको निर्णयपछि नेकपाको विभाजनले नयाँ मोड लिएको छ। यस निर्णयले अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहेका छन्।

ओली नेतृत्वको नेकपाले अहिलेसम्म प्रचण्डलाई अध्यक्षबाट हटाएको छैन भने प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्य समेत नरहने गरि हटाएको छ।  निर्वाचन आयोगको निर्णयले दुवै पक्षसामु नयाँ अन्योल खडा भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको छ। दुवै पक्षले आ आफुले सुर्य चिन्ह सहितको नेकपा पार्टी पाउनुपर्ने दाबी गर्दै आएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved