उपप्रधानमन्त्री इश्वर पोखरेलले दिए माधव नेपाललाई कडा जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2021 | 08:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री पदबाट ओलीले राजिनामा दिनुपर्ने माधव प्रचण्ड समुहको मागलाई लिएर कडा टिप्पणी गरेका छन्। पोखरेलले संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा आपत्ति जनाईएको भन्दै बिशेषगरि माधव नेपाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका हुन्। 

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा भंग गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले खारेज गरिदिएको र अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएको घटना स्मरण गराउदै बिशेषगरि माधव नेपालले नैतिकताको आधारमा ओलीको राजिनामा माग्नु अनुचित भएको पोखरेलको दाबि  छ। 

त्यो बेला सर्वोच्चले प्रतिनिधिसभा भंग गर्ने मनमोहनको निर्णय खारेज गर्दा माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएका थिए। त्यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्न दवाव दिइनु अनुचित भएको पोखरेलको तर्क छ। 

"ताजा जनादेशका लागि तत्कालिन  प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो । मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो", इश्वर पोखरेलले भनेका छन्, "यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले  राजीनामा गर्न दवाव दिइरहेका छन्, यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति ?"

प्रतिनिधिसभा भंग गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरि संसद पुनस्थापना गरिदिएपछि नेकपा प्रचण्ड माधव समुहले नैतिकताको आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्ने आवाज उठाईरहेका छन्। तर प्रधानमन्त्री ओलीले संसदको सामना गरेर अगाडी बढ्ने निर्णय गर्दै प्रतिनिधि सभा बोलाउनलाई राष्ट्रपति समक्ष सिफारिस गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved