नवीन्द्रराज जोशीको अवस्था जटिल तर सुधारोन्मुख, आँखा अझै खुलेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 02:34:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका नेता जोशीको नर्भिक अस्पतालको आइसियूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

शनिवारको तुलनामा उनको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । झाका अनुसार शनिवारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाएका छन्। जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ । तर, पनि उनले आँखा भने खोलेका छैनन् ।

यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको अस्पतालले जनाएको छ । 

उनको अवस्था अझै खतरामुक्त नरहेको तर उनको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्न सकिने डा. झाले बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved