विप्लव समूहसँगको वार्ताबारे बोले प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 04:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित विप्लव समूहबारे बोलेका छन् । झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गरिने बताए । 

‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं’ उनले भने ।

सरकारले २०७५ साल फागुन २८ देखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि अध्यक्ष ओलीले विप्लव समूहसँग वार्ता प्रक्रिया अघि बढाएका छन् । विप्लव समूहका महासचिव विप्लवले पनि आफूहरु वार्ता गर्न तयार रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved