३७ वर्षअघि चोरी भएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2021 | 10:47:04 AM मा प्रकाशित

laxmi  sunrise bank

पाटनबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मीनारायण (वसुदेव–कमलाजा) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ। अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले लक्ष्मीनारायणको मूर्ति अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । अमेरिकास्थित नेपाली दूतावासमै आयोजित कार्यक्रममा एफबीआईका टिमोथी एन ड्युनह्यामले मूर्ति हस्तान्तरण गरेका हुन् । 

सन् १९८४ मा नेपालबाट चोरी भएको उक्त मूर्तिलाई सन् १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्समा राखिएको थियो । दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाइको रहेको जनाएको छ । अब आवश्यक प्रक्रिया पुरा गरेर उक्त मूर्ति नेपाल ल्याइने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved