बादल फेरि गृहमन्त्रीमा नियुक्त, आजै सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 11:13:33 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका एमाले नेता रामवहादुर थापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः गृहमन्त्रीमा नियुक्ति गरेका छन् । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि माओवादीले उनको राष्ट्रिसभा सदस्यको पद रिक्त गर्न संसद सचिवालयमा लिखित पत्र बुझाएको थियो । सांसद पदबाट मुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका थिए । 

त्यस लगत्तै प्रधानमन्त्री ओलीले बादललाई पुनः गृहमन्त्रीमा नियुक्त गरेका हुन् । बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने भएका छन् । सांसद नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्रीमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, यसरी नियुक्त हुने मन्त्रीले ६ महिना मात्रै पदमा आसिन हुन पाउने व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved