लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 02:31:53 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरी नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसदको पद खारेज भएको छ । सभामा नेकपा एमालेका ४१, जनमोर्चाका १, माओवादी केन्द्रका सभामुखबाहेक १७, नेपाली काँग्रेसका २० र जसपा नेपालका ६ सांसद छन्  ।

एमालेमा पनि ओली र माधव नेपाल पक्षबीच विवाद रहनुका साथै मुख्यमन्त्री पोखरेललाई माधव समूहबाटै चुनौती छ । यसअघि नेपाल पक्षका सांसदहरूले कर्णाली प्रदेशमा पार्टी ह्वीप नमानेर फ्लोर क्रस गरेका थिए भने अहिले लुम्बिनी प्रदेशमा पनि फ्लोर क्रश हुने खतरा उत्तिकै रहेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved