बालुवाटार जग्गा प्रकरणमा मुछिएका दिप बस्न्यातलाई रिहा गर्न सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 05:13:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई रिहा गर्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ५ लाख रुपैयाँ धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा उनी बिरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको थियो।   विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यस बिरुद्द उनले  आफुलाई थुनामुक्त गर्न आदेश माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । सोहि रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो  । 

बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्‌मामा लगेको आरोप थियो । सोहि कारण ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा उनी माथि छ 

 उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।ख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गर्दा उनी पनि परेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved