आधा घन्टामै सकियो ओली र माधव पक्षका नेताहरुको छलफल, 'राजिनामाको कुरा चर्चामात्रै'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2021 | 05:06:37 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीका प्रतिनिधि र माधव पक्षबीचको वार्ता आधा घन्टामै टुंगिएको छ। सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको हलमा ओलीका प्रतिनिधि बिष्णु पौडेल र सुवास नेम्वाङसँग बरिष्ठ नेता माधब कुमार नेपालले संक्षिप्त छलफल गरेका थिए । 

संक्षिप्त छलफल पश्चात माधव नेपालले संचारकर्मीहरुलाई कुनै प्रतिकृया दिन मानेनन्। तर नेम्वाङले भने फेरि पनि आवश्यकता अनुसार ओली र नेपालकै तहमा वार्ता हुनसक्ने बताए। उपलब्धीमूलक हुन नसकेपछि आधा घन्टामै छलफल सकिएको बताईएको छ। 

वार्तामा पौडेल र नेम्वाङले राजीनामाको बारेमा र माधव पक्षले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा चासो राखेका थिए । वार्तापछि बिष्णु पौडेलले राजीनामा कुरा नआएको बताए। माधव कुमार लगायतका नेताहरुले राजिनामा दिनेकुरा आफुले नपत्याउने बिष्णु पौडेलले प्रतिकृया दिएका छन्। 

यता सुवास नेम्वाङले के समस्या भएको भएको भन्ने नखुलाएपनि समस्या भएकै कारण अहिलेको अवस्था सृजना भएको र छलफल तथा वार्तालाई प्राथमिकता दिईएको प्रतिक्रिया दिएका छन्। 

बीना निष्कर्ष टुंगिएको छलफल आजै बेलुका, भोलि बिहान वा तुरुन्तै बस्न सक्ने नेम्वाङलेले बताए। नेम्वाङले पनि माधव नेपाल लगायतका नेताहरुले राजिनामा दिने कुरा चर्चाका कुरा मात्र भएको बताए।  

पौडेल र नेम्वाङसँगको वार्ता लगत्तै माधव पक्षका सांसदहरूको बैठक सिंहदरवारमा चलिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved