रिचार्जरले ल्यायो आकस्मिक पोर्टेबल अक्सिजन ब्याग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2021 | 08:58:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुलाई लक्षित गर्दै पोर्टेबल अक्सिजन ब्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन ब्यागको विक्री वितरण सुरु गर्न लागेको हो । 

जेठ २८ गते शुक्रबार दिउँसो २ बजे देखि ५ बजे सम्म रिचार्जर एपमा उक्त ब्याग खरिदका लागि बुकिङ तथा अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । उक्त अवधिमा बुकिङ गर्नेहरुलाई पोर्टेबल अक्सिजन २ हजार रुपैयाँको दरमा उपलब्ध हुनेछ । उक्त अवधिमा रिचार्जरका प्रयोगकर्ताले ५०० देखि ५ हजारसम्म क्यास प्वाइन्ट रिडिम गर्न सक्ने बताएको छ । 

१ लिटर क्षमताको उक्त पोर्टेबल ब्यागले ४५ मिनेटदेखि १ घण्टासम्मका लागि बिरामीलाई अक्सिजन उपलब्ध गराउने छ । उक्त अवधिमा बिरामीलाई अस्पताल पुर्याउन पोर्टेबल अक्सिजनले सघाउ पुर्याउने छ । एक पटक अक्सिजन सकिए पछि अक्सिजन सिलिन्डर वा अक्सिजन रिफिल गर्ने ठाउँ बाट व्यागमा फेरी भरेर प्रयोग गर्न सकिन्छ । यसका लागि पनि पुर्ण रि फिल गर्न सकिने बताईएको छ । 

रिचार्जरले १० लिटर क्षमताको अक्सिजन सिलिण्डर ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ भने सर्जिकल मेल्टबोन मास्क ३ रुपैंयाका साथै अन्य वस्तुहरु सस्तो मूल्यमा उपलब्ध गराउने बताएको छ । यसका साथै रिचार्जरले ५ लिटर क्षमताको वाई यु ३००  अक्सिजन कन्सन्ट्रेटर ३३ हजार ९९९, ओगल्सको ५ लिटर क्षमताको ६५ हजार र १० लिटर क्षमताको १ लाख ३५ हजार रुपैयाँमा उपलब्ध हुनेछ । 

गुगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइने रिचार्जरले बताएको छ । सामान खरिद गर्दा यस्तो क्यास प्वाइट रिडिम गरी ५ देखि १० प्रतिशतसम्म छुट पाउन सकिने बताईएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved