यस अगाडी पनि नेपालकै टेलिभिजनमा बजेको थियो एमसीसीको बिज्ञापन, तर विवादित बनेन किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2021 | 11:33:25 AM मा प्रकाशित

laxmi  sunrise bank

यस अगाडी पनि एमसीसीको बिज्ञापन टेलिभिजनमा प्रशारण भएको तर विवादमा नतानिएको पाएइको छ। अहिले एपिवानमा प्रशारण भएर रोकिएको एमसीसीको बिज्ञापन यस अगाडी पनि एपीवान मार्फत नै बजेको पाइएको हो। 

दोस्रो पटक बिज्ञापन प्रशारण हुँदा चौतर्फी बिरोध भएको बिषयमा आश्चर्य जनाउदै यस अगाडी पनि एपीवान मार्फत नै एमसीसीको बिज्ञापन बजेको एमसीसीका एक प्रतिनिधिले जानकारी दिए। 

उनकाअनुसार यस अगाडी कलेजका बिद्यार्थीको सम्बादमा एमसीसीको बिज्ञापन बजेको थियो त्यो पनि पुरा एक महिना। तर त्यो बर्ष कहीं कतैबाट कुनै पनि विवाद तथा आलोचना भएको थिएन। 

ति प्रतिनिधि भन्छन्, "गत बर्ष अप्रिल १ देखि अप्रिल अन्तिमसम्म पुरा एक महिना एपीवान मार्फत एमसीसीको बिज्ञापन बजेको थियो तर त्यो बेला कसैले बिरोध जनाएन। तर अहिले त्यहि टेलिभिजन मार्फत त्यहि सँस्थाको बिज्ञापन बज्दा यत्रो ठुलो विवाद उब्जियो, एकै घटनामा फरक प्रतिकृया किन भन्ने कुराले हामि आफै अचम्मित भएका छौँ।"

उनकाअनुसार अहिले एपीवानबाट एमसीसीको बिज्ञापन बज्दा बाहिर चौतफ्री बिरोध भएकाले गत बर्ष एपीवानबाट बजेको एमसीसीको बिज्ञापन हेर्न नमिल्ने बनाइएको छ।  

उनकाअनुसार एमसीसीले प्रत्येक बर्ष ३ महिना, ६ महिना र बर्ष दिन गरेर टेलिभिजन, एफएम र बिभिन्न पत्रपत्रिकामा एमसीसीको बिज्ञापन आउने गर्थ्यो । र यसका लागि एमसीसीले निश्चित बजेट समेत छुट्याएको छ। केहि एफएफहरुमा महिना दिन भन्दा पनि बढेको बजेपनि कसैले बिरोध नगरेको ती प्रतिनिधिको भनाई छ। 

उनी भन्छन्, "एमसीसीको समर्थन तथा बिरोध गर्ने दुवै पक्षले एमसीसीको वास्तविक कुराहरु थोरै मात्र बुझ्ने गरेकाले यसको वास्तविकता बुझाउनका लागि बेला बेलामा एमसीसीको बिज्ञापन बजाउने गरेको हो, तर यस पटक यत्रो बिरोध र आलोचना देखेर हामि पनि अचम्मित छौँ।"   

अहिले एपीवान मार्फत एमसीसीको बिज्ञापन बजेपछि यसको चौतर्फी आलोचना भएको थियो। जस कारण एपीवानले आफुले प्रशारण गरेको केहि घन्टामै एमसीसीको बिज्ञापन हटाउन बाध्य भएको थियो। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved