एकै समयमा संसदको दुवै सदनको बैठक बस्दै, बजेट पारित गर्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 01:09:36 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार संघीय संसद संसदको दुवै सदनको बस्दै छ । आज दिउँसो २ बजेको लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्न लागेको हो । आजको राष्ट्रिय सभा बैठकले बिनियोजन विधयेक अर्थात् बजेट पारित गर्ने छ भने प्रतिनिधिसभा बैठकमा बजेट आश्रित अन्य विधयेक पारित गर्ने कार्य सूची छ ।

आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध गर्ने तयारी गरेको छ। 

यस्तो छ राष्ट्रिय सभाको कार्यसुची

व्यवस्थापन कार्य

१. विधायन व्यवस्थापन समितिका माननीय सभापति परशुराम मेघी गुरुङले “अध्यागमन विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने। २. सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले,-

(क) “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ख) “सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने। (ग) “अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

(घ) “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने।

विनियोजन विधेयकमाथिको छलफल

३.विनियोजन विधेयक, २०७८ मा उल्लिखित शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने।

४.विनियोजन विधेयक, २०७८ मा उल्लिखित शीर्षकहरू माथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनुहुने। ५.माननीय अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने ।


यस्तो छ प्रतिनिधिसभाको कार्यसूची ; 


व्यवस्थापन कार्य

१. “आर्थिक विधेयक, २०७८" माथि छलफल हुने ।

२. “आर्थिक विधेयक, २०७८" माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

३. मा० अर्थ मन्त्री श्री जनार्दन शर्माले :
(क) “आर्थिक विधेयक, २०७८ लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

(ख) "राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नुहुने।

४. “राष्ट्र ऋण उठाउने विधेयक, २०७८" माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।

५. मा० अर्थ मन्त्री श्री जनार्दन शर्माले "राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved