मन्त्री हमालको राजिनामा स्वीकृत, भन्छन् 'आशंकाकैबीच पदमा बसिरहन उपयुक्त लागेन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2021 | 11:08:11 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले बुझाएको राजिनामा स्वीकृत भएको छ । उनले आज आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए । लगत्तै देउवाले उनको राजिनामा स्वीकृत गरेका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि उनले राजिनामा दिएका हुन् । प्रधानन्यायाधीशको कोटामा मन्त्री बनाईएको भन्दै प्रधानन्यायाधीश कै राजिनमा माग्न सुरु भएपछि हमाल पछाडी हटेका हुन् । यद्यपि उनले र सत्ता गठबन्धनका नेताहरुले भने प्रधानन्यायाधीशको कोटामा नभई कांग्रेसको कोटामा मन्त्री बनेको बताउदै आएका छन् । 

उनले बुझाएको राजिनामा पत्रमा भनिएको छ 'सम्माननीय प्रधानमन्त्रीज्यू, म लामो समयदेखि कांग्रेसको विभिन्न पदमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु, हाल विभिन्न सञ्चार माध्ययममा संप्रेशित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेशित गरेको र यस्ता समाचारले आफ्नो वर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु।’

प्रधानन्यायाधीशले मन्त्रीमा कोटा खोजेको भन्दै बरिष्ठ अधिवक्ताहरुले पनि प्रधानन्यायधीशको राजिनामा मागेका छन् । कतिपयले उनी माथि महाभियोग लगाउनु पर्ने माग गरेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved