भारतमा डिजेल र पेट्रोलको मूल्य हालसम्म कै उच्च बिन्दुमा , नेपालमा पनि बढ्ने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 10:02:10 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा पेट्रोलियम पदार्थको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । भारतीय अंग्रेजी अनलाइन लाइभमिन्ट डटकमका अनुसार लगातार ५ औ दिनको वृद्धिपछि पेट्रोलियम पदार्थको मूल्य हाल सम्म कै उच्च बिन्दुमा पुगेको हो ।

पछिल्लो वृद्धिसंगै भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रति लिटर भारु १०७.५९ रुपैयाँ पुगेको छ डिजल प्रति लिटर भारु ९६.३२ रुपैयाँ पुगेको छ । मुम्बईमा पेट्रोल प्रति लिटर ११३.४६ तथा डिजेल १०४.४८ रुपैयाँ पुगेको छ । कोलकातामा पेट्रोल प्रति लिटर १०८.११ रुपैयाँ र डिजेल प्रति लिटर ९९.४३ रुपैयाँ र चेन्नईमा पेट्रोल प्रति लिटर १०४.५२ र डिजेल प्रति लिटर १००.५९ रुपैयाँ पुगेको छ । त्यस्तै बंगलोरमा पेट्रोल प्रति लिटर १११.३४ र डिजेल प्रति लिटर १०२.२३ रुपैयाँ पुगेको छ । राजस्थानको गङ्गानगरमा पेट्रोलको मूल्य सबै भन्दा बढी प्रति लिटर ११९.७९ र डिजेल प्रति लिटर ११०.६३ रुपैयाँ पुगेको छ ।

भारतमा राज्य अनुसार करको दर फरक फरक भएकोले राज्य अनुसार पेट्रोलियम पदार्थको मूल्य पनि फरक फरक रहेको हो । अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेकोले भारतमा पनि मूल्य अत्याधिक बढेको बताईएको छ ।

नेपालले पनि भारतबाट नै पेट्रोलियम पदार्थको आयात गर्ने भएकोले नेपालमा पनि छिट्टै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने देखिन्छ । नेपाल आयल निगमले भारतमा मूल्य बढेकोले आफ्नो घाटा बढिरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved