पैसा नभएको चेक दिने शाही पक्राउ, ७ दिन कैद र १३ लाख जरिवाना हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 05:35:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बैकिङ कसुरमा दोषी ठहर भई फरार काठमाडौँ महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँ दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको विसं २०७७ मङ्सिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र रु १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि फरार सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved