राप्रपा महाधिवेशनः लिङ्देनको पक्षमा उभिए लोहनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 12:52:48 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गरेका छन् । आज एक कार्यक्रममा लोहनीले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै लिङ्देनको पक्षमा उभिएको औपचारिक जानकारी गराएका हुन् । 

मंसिर १५ बाट सुरु हुने राप्रपाको महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देन अध्यक्षका प्रत्याशी छन् । थापाले हिजो र लिङदेनले केही दिनअघि उम्मेदवारी घोषणा गरेका थिए ।

लोहनीले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा भएको तर, त्यो त्यो सम्भव नदेखिकोले लिङदेनको पक्षमा उभिएको बताए ।

‘म अन्य दुई मित्र अध्यक्षहरुलाई पनि पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्दछु,’ उनले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved