मन्त्रिपरिषदको निर्णयः निषेधाज्ञाको अधिकार सीडीओलाई, डान्सबार र दोहोरी साँझ बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2022 | 08:49:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न निषेधसम्बन्धी निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार निषेध सम्बन्धि निर्णयको अधिकार सीडीओहरुलाई दिने निर्णय गरेको हो ।

यस्तै, आजकै बैठकले जुलुस, धर्ना, विरोध प्रदर्शन लगायतका कार्य गर्न पनि रोक लगाएको छ । विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा अधिकतम २५ जना मात्रै जम्मा हुन पाउने गरी सिमा तोकिएको एक मन्त्रीले जानकारी दिए । 

पार्टी प्यालेस र ठूला होटलमा विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम गर्दा क्षमताको एकतिहाई मात्रै मानिसको उपस्थित गराउन पाइने छ । रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । 

सिनेमा हलसहित डान्सबार, दोहोरी साँझ लगायत रात्रिकालीन व्यवसाय पहिलो चरणमा माघ १५ सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एक पटकमा क्षमताको एक तिहाईलाई मात्र प्रवेश गराउन पनि निर्देशन दिएको छ । 

माघ १५ सम्म स्कूल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved