अफगानिस्तानलाई सहायता सामग्री प्रदान गर्न नेपाली टोली काबुल उड्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 09:23:49 AM मा प्रकाशित

laxmi  sunrise bank

अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न नेपाली टोली त्यहाँको राजधानी काबुलतर्फ प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्तासमेत रहेकी सहसचिव सेवा लम्सालसहितको नेपाली डेलिगेसन टोली आज हिमालय एयरलाइन्सको जहाजबाट काबुल प्रस्थान गरेको हो ।

औषधी, घरायसी सामान र लत्ताकपडासहित १४ टन सहायता सामाग्री लिएर नेपाली टोली काबुल हिडेको हो । परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टोलीलाई बिदाइ गरे ।

नेपाली टोलीले काबुलस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई सहायता सामाग्री हस्तान्तरण गर्नेछ । टोली आजै राती स्वदेश फर्कने छ ।

सार्क अध्यक्ष मुलुक नेपालले सार्कको कान्छो सदस्य अफगानिस्तानलाई नैतिक र मानवीय सहयोग गर्न लागेको परराष्ट्रमन्त्री खड्काले बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्र र व्यवसायीको पहलमा नेपालले सहायता सामाग्री जुटाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved