आयल निगमले भन्यो 'संचित बचत शून्यमा झर्यो, इन्धन किने वापत भारतलाई तिर्न पुग्ने रकम पनि छैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 08:26:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नको लागि रकम अभाव भएको जनाएको छ । चालु आर्थिक वर्षको हालसम्मको ६ महिनाको अवधिमा १२ पटक भारतबाट नयाँ मूल्य प्राप्त गरेकोमा अधिकांश पटक मूल्य बढेर आएको तर ३ पटकबाट मूल्य समायोजन गरेकोले निगम घाटामा गई  भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नको लागि रकम अभाव भएको निगमले जनाएको छ। 

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप निगमको आपूर्तिकर्ता ईण्डियन आयल कर्पोरेशनबाट हिजो माघ २ मा प्राप्त नयाँ मूल्य बमोजिम निगमलाई १५ दिनमा करिब २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको निगमले जनाएको छ । यस अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्मको ६ महिनाको अवधिमा निगमले अनुमानित रू. १९ अर्ब २६ करोड घाटा ब्यहोरी सकेको अवस्था छ ।

निगमले भनेको छ 'यदि जनवरी १६, २०२२ मा प्राप्त नयाँ मूल्य अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा निगमले थप रू. २ अर्ब २४ करोड घाटा ब्यहोरी यस आर्थिक वर्षको माघ १७, २०७८ सम्ममा रू. २१ अर्ब ५० करोड घाटा ब्यहोर्नु पर्ने अवस्था देखिन्छ । निगमले हालसम्मको नोक्सानीको व्यवस्थापन निगमको बचतमा रहेको संचिति मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनस लगायत अन्य प्रयोजनमा छुट्टाई राखिएको रकमबाट ईण्डियन आयल कर्पोरेशनलाई सम्झौता अनुरूप भुक्तानी गरी देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राखेको छ । तर अब निगमसँग संचित बचत शून्यको अवस्थामा पुगेकोले ईण्डियन आयल कर्पोरेशनलाई आगामी २३ जनवरी २०२२ मा गर्नुपर्ने भुक्तानीका लागि करिब रू. २ अर्व अपुग हुने स्थिति देखिएको छ ।'

निगमका अनुसार यसको व्यवस्थापनको लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको छ । आउँदा दिनहरूमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब ४ अर्व रूपैंया भन्दा बढी नै मासिक घाटा रही रहने देखिएको हुँदा आगामी ३ महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्व रूपैंयाको आवश्यकता पर्ने देखिएको निगमले जनाएको छ ।

निगमका अनुसार नेपाल र भारतको स्थानिय बजारको पछिल्लो मूल्य स्थिति अनुरूप भारतीय सिमा बजार रक्सौलको तुलनामा नेपालको विरगंज क्षेत्रमा प्रति लिटर पेट्रोल रू. ३८।०३ ले सस्तो, डिजेल रू. ३१ । १२ ले सस्तो र एल.पी.ग्यास प्रति सिलिण्डर रू. ५०। ६५ ले नेपालतर्फ सस्तो तथा हवाई इन्धन (आन्तरिकतर्फ) मा रू. ३२।९६ ले भारतको कलकत्ता भन्दा नेपालतर्फ नै सस्तो रहेको  छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved