राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2022 | 02:33:05 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । विशेष कारण देखाउदै संसद सचिवालयले सूचना प्रकाशन गरेर अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित भएको जानकरी दिएको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले आइतबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ । बैठक माघ १७ गते सोमबारको लागि बोलाईएको थियो ।

आज माघ १६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ  । कोरोनाको कारण देखाउदै बैठक स्थगित गरिएको हो ।मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरि अर्को मिति तोकेको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए। महासचिव भरतराज गौतमका अनुसार अर्को बैठक माघ २६ गतेका बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले संसदको हरेक बैठकमा अवरोध पुर्याउदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved