हेटौंडा र नेपालगञ्जमा नयाँ लफडा, बागी उठ्ने कांग्रेस नेताहरूको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2022 | 04:18:52 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तह निर्वाचनमा तालमेल गरेर उम्मेदवारको टुंगो लगाउने प्रयोजनका लागि प्रधानमन्त्री शेरबहादुर देउवानिवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा नेपालगञ्ज र हेटौंडा उपमहानगरपालिकामा कुरा मिल्न सकेको छैन । बुधवार अपराह्न ४ करीब घण्टादेखि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटार बैठकमा छन् ।

गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको हो । उपमहानगरको टुंगो मंगलवार राति नै लागेको भएपनि जनकपुर र नेपालगञ्जमा भने विवाद कायमै रहेको थियो । हेटौंडा उपमहानगरको मेयर नेकपा एकीकृत समाजवादीले लिने टुंगो लागेको थियो तर त्यहाँका कांग्रेसका स्थानीय नेताहरूले विज्ञप्ति नै निकालेर आफूले मेयर नपाए बागी उठ्ने चेतावनी दिएका छन् । 

नेपाली कांग्रेसको नगर समितिले विज्ञप्ति निकालेपछि त्यसबारेमा पनि गठबन्धनमा छलफल भएको थियो । हिजो नै जनकपुरको टुंगो लागिसकेको छ भने नेपालगञ्जमा आज विवाद देखिएको बैठकमा सहभागी नेताहरूले जनाएका छन् । नेपालगञ्जमा जसपाले दाबी गरिरहेको छ । मंगलवार जनकपुर लिएर नेपालगञ्ज कांग्रेसलाई दिन जसपा तयार भएको थियो । तर जनकपुर र नेपालगंज दुवैमा कांग्रेसले आफ्नो दाबी छोडेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved