संसद बैठक सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न सभामुखको अपिल, भन्छन् 'एमालेसँग समझदारी बन्छ होला'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 04:39:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका छन् । सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मंगलबार (भोली)देखि सुरु हुने संसदको अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गरेका हुन् ।

उनले आफ्नो कुराकानी नभएपनि कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे ।

उनले भने  ‘अहिले मेरो तर्फबाट त भएको छैन तर मैले कानूनमन्त्रीजी सँग भेटेर छलफल गर्दाखेरी उहाँले अनौपचारिक रुपमा कुरा भइराखेको छ भन्नुहुन्थ्यो । उहाँले विपक्षी दलका उपनेता सुभाष नेम्वाङसँग मेरो कुराकानी भएको थियो । फेरीपनि कुराकानी गर्ने बिचार छ भन्नुहुन्थ्यो । भोली मेरो कानूनमन्त्रीसँग ११ बजे भेट हुँदैछ । छलफल हुन्छ उहाँले कति कुरा गर्नुभएको छ । फेरी साढे २ बजे कार्यव्यवस्था समितिमा पनि छलफल हुन्छ । मलाई आशा छ अब धेरै समय बितिसकेको छ । त्यसकारणले उहाँहरुले धेरै महत्वपूर्ण अधिवेशन हो । राष्ट्रको बजेट प्रस्तुत गर्ने, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, १५ गते अनिवार्य रुपमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था हुनाले एउटा समझदारी बन्छ होला जस्तो मलाई लाग्छ । बैशाख १८ गते मैले प्रधानमन्त्रीलाई भेटेर अहिले मैले जे भने यसका मोटामोटी कुराहरु उहाँलाई पनि भनेको थिएँ र संवाद गर्नका लागि र यही बजेट अधिवेशन आव्हान गर्नका लागि । मलाई लाग्छ, उहाँहरुले पनि छलफल गर्नुभएको होला । पार्टीका नेताहरु सबैलाई पनि म यसलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्नका लागि अपील पनि गर्छु र मेरो तर्फबाट सबैलाई भनिरहेको छु ।’

सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताए । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले धानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए । उनले भने – ‘यो पनि दलहरुको, खासगरी सरकारसँगै छलफल गरेर अगाडी जाने कुरा हो । मुख्यत्ः दलहरुको सम्भवत् भोलि नै पनि यसमा सामान्य छलफल हुन सक्छ । तर मलाई के लाग्छ भने यो बजेट अधिवेशन भएको हुनाले बजेट पारित गर्ने कुरामै सर्वाधिक प्राथमिकताको विषय भएको हुनाले बजेट पारित भइसकेपछि त्यस सन्दर्भमा विषय केन्द्रीत हुन्छ होला ।’

 उनले सर्वसम्मत् भइसकेको विधेयकहरुलाई अगाडी बढाउनका लागि राजनीतिक दलहरुका बिचमा समझदारी भएमा त्यसलाई अगाडी बढाउन संसद सचिवालय तयार रहेको स्पष्ट पारे । उनले भने  ‘सर्वसम्मत् भएका विधेयकहरु अगाडी बढाउन हाम्रो छलफल भएको छ । पार्टीहरुका बिचमा समझदारी भयो भने हाम्रो संसद सचिवालयको तर्फबाट हामी सधैँभरी समय मिलाउन, समयको व्यवस्थापन गर्न र त्यसलाई अगाडी बढाउनका लागि हामी तयार छौँ ।’

संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved