संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठक मंगलबार बस्दै, यस्तो छ कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 05:50:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बस्ने संसद बैठकको लागि संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । सचिवालयले संघीय संसद प्रतिनिधि सभा एघारौ अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको हो ।

कार्यसूचीमा राष्ट्रपतिको पत्र सम्माननीय सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाने, राष्ट्रपतिको कार्यालयको पत्र सम्माननीय सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाने, अध्यक्षता गर्ने सदस्यको मनोनयन सम्माननीय सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने उल्लेख छ ।

त्यस्तै  कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइराला ले "फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८" पेश गर्ने, “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८" पेश गर्ने, कार्यसूची रहेको छ।

त्यति अर्थमन्त्री जनार्दन शर्माले “आ.व. २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस" भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved