आयल निगम व्यापारीको हातमा दिन लागे, अरबौको चलखेल छ : रामचन्द्र पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2022 | 02:35:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमाथि गम्भीर आरोप लगाएका छन् । अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको गम्भिर आरोप लगाएक हुन् ।  

६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन्। उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्र्र्र्बाै कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए  ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने बताए । उनले भने, ‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहाकार  किन भयो ? किन भएको छ भने हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढि एमाले समाजवादी । एमाले भन्दा माओवादी बढि समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौं । तर यी चर्का समाजवादीहरुले के–के गरे ? अहिले किसानलाई जुन मार परिहेको छ । महंगी त प¥योप¥यो । मलको अभावको जुन मार परेको छ । त्यतापट्टी कसको ध्यान गयो ? दुई तिहाई ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो ? त्यत्रो बहुमतको सरकार हुँदा त करेक्सन हुनु पर्दथ्यो नि । तर भएन । अहिले पनि हाहाकार छ देशमा । यत्रो हाहाकार किन भईरहेको छ देशमा भन्दा व्यापारिको हातमा तपाईले दिनुहुन्छ जव । व्यापारीले त नाफा हेर्छ । जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ  । यसरी आज निर्धा किसानको संरक्षण भयो ? आफूलाई समाजवादी भन्नेहरुले किसानहरुको पक्षमा के गरे ? आज पनि फेरी म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो । तपाई मिडियाहरुको माध्यामबाट एउटा कुरा जाओस– अहिले पनि म फेरी सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भईराखेका छन रे । र, तपाईहरुलाई म सुनाउन चाहन्छु–त्यो चलखेलहरु जो हुन्छन नि । यो चलखेलको पछाडि करोड होईन, अर्व कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भईहाल्यो नि । यसैमा पनि खेलबार्ड । मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ । यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौं ।’

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे । उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको पटकपटक दोहो¥याए । वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरुलाई सचेत गराए । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरुले खोज्ने नमिल्ने उनको भनाई थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved