मोबाइल अफ गरेर अनिश्चित समयका लागि बिदामा बसे अर्थसचिव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 11:25:33 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रायका सचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर निश्चित घरानालाई ब्यापारिक लाभ दिलाएको आरोपमा अर्थमन्त्री जनार्दन शर्मा विवादित बनिरहेकै बेला सचिव मरासिनी बिदामा बसेका हुन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी गराएको बताईएको छ । प्रधानमन्त्रीसँगको भेटमा अर्थसचिव मरासिनीले जनार्दन शर्मा मन्त्रीका रुपमा रहुन्जेल आफू मन्त्रालय नफर्किने जनाएको स्रोतले बताएको छ ।

यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा मरासिनीको फोन अफ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved