एउटा ट्वीट जसले फैलायो चिनियाँ राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको हल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 07:28:53 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ राष्ट्रपति सी जिनपिङ सामाजिक संजाल ट्वीटरको ट्रेण्डिङमा आएका छन् । उनलाई अपदस्थ गर्दै नजरबन्दमा राखिएको हल्ला चलेपछि उनी ट्वीटरको ट्रेण्डिङमा आएका हुन्।

उनलाई राष्ट्रपतिबाट हटाईएको र त्यहाँको सेना पिपुल्स लिबरेसन आर्मीले उनलाई नजरबन्दमा राखिएको हल्ला चलेको हो। विभिन्न रिपोर्टमा यो दाबी गरिएपनि हालसम्म कसैले पनि यसको पुष्टि भने गरेका छैनन् । अर्थात् अझै पनि यो हल्ला मै सिमित रहेको छ । 

चिनियाँ मानवअधिकारवादी अभियन्ता जेनिफर जेंगले ट्वीटरमा एक भिडियो शेयर गरेकी छिन् । जसमा उनले त्यहाँको सेना पिपुल्स लिबरेसन आर्मी राजधानी बेजिंगतर्फ अघि बढेको र सेनाको गाडीको लाइन ८० किलोमिटर लामो रहेको उल्लेख गरेकी छिन् । उनले नै राष्ट्रपतिलाई नजरबन्दमा राखिएको चर्चा चलेको उल्लेख गरेकी हुन् । त्यस्तै चिनियाँ राजधानी हाल सेनाको कब्जामा रहेको चर्चा पनि चलेको छ । यसको पनि आधिकारिक रुपमा पुष्टि भएको छैन । यहि ट्वीटबाट राष्ट्रपति सी जिनपिङ नजरबन्दमा परेको हल्ला फैलिएको हो ।


त्यस्तै राजधानी बेइजिंगका ६० प्रतिशत हवाई उडान रद्द भएको चर्चा चलेको छ । फ्लाइटर्याडरको रेकर्डले तुलनात्मक रुपमा केहि कम उडान भएको देखिएको एचडब्लु न्युजले उल्लेख गरेको छ ।

चिनियाँ अदालतले भ्रष्टाचार आरोपमा चीनका पूर्व न्यायमन्त्री सन लिजुनलाई  जन्मकैद सुनाएपछि राष्ट्रपतिलाई नजरबन्दमा राखिएको अपुष्ट खबरहरु बाहिर आएका हुन् । सन लिजुनमाथि राष्ट्रपति विरुद्द विद्रोह गरेको र राष्ट्रपति विरुद्द बफादार नभएको आरोप पनि लागेका थिए 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved