ईन्क्सभिला र ट्याक्सीमाण्डु स्टार्टअप वल्र्डकपको फिनालेका लागि अमेरिका जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2022 | 08:01:19 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टार्टअप वल्र्डकपका २ बर्षका नेपाल चेम्पियनहरु ग्लोबल फिनालेका लागी आईतबार अमेरिका प्रस्थान गर्न लागेका छन् । स्टार्टअप वल्र्डकपको नेपालको पार्टनर स्टार्टअप हब नेपालले जनाए अनुसार यस बर्षको स्टार्टअप च्याम्पियन ईन्क्सभिल्ला र गत वर्षको स्टार्टअप चेम्पिएन ट्याक्सीमाण्डु आईतबार अमेरिका प्रस्थान गर्न लागेका हुन् । 

अ‍ेमेरिकाको क्यसिलफोर्निया स्थित सान फ्रान्सिस्कोमा हुने ७० देशका चेम्पियनहरुस“ग नेपालका चेम्पिएनहरुको प्रतिस्पर्धा हुने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए । ईन्क्सभिल्ला स्टार्टअप वल्र्डकप नेपाल रिजनल कम्पिटिसनको फाइनलमा रहेका १५ कम्पनीलाई पछि पार्दै यसै बर्ष नेपाल चेम्पिएन बन्न सफल भएको हो भने ट्याक्सिमाण्डु गत बर्षको प्रतिश्पर्धामा चेम्पिएन भएको हो । गत वर्ष कोरोना महामारीका कारण ग्लोबल फिनाले स्थगन भएका कारण ट्याक्सिमाण्डुपनि यसै पाली ग्लोबल फिनालेमा सहभागी हुन लागेको हो । 

नेपाली चेम्पिएयन स्टार्टअपहरु सेप्टेम्बर २८ मा सेमि फाईनलमा सहभागी हुनेछन् भने त्यसबाट उत्कृष्ट १० मा छानिएमा उनिहरु वल्र्ड चेम्पिएनसिपका लागी प्रतिश्पर्धा गर्नेछन् । 

नेपालबाट जाने प्रतिनिधिमण्डलको नेतृत्व स्टार्टअपहब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले गरेका छन् । टोलीमा स्टार्टअप नेपालकी सिईओ करुणा कडेल, ईन्क्सभिल्लाका सिटिओ आसिक सुवेदी, र ट्याक्सीमाण्डुका सिईओ अर्जुन केसी रहने स्टार्टअप हब नेपालले जनाएको छ । 

विश्वका सत्तरी भन्दा बढि देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो । वल्र्ड टे«ड गु्रप नेपालको भगिनि संस्था स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकप भित्र्याएको हो । 

विश्वका विकशित र धनि देशहरुमा मात्र हुनेगरेको स्टार्टअप नेपालमा भित्रिएस“गै नेपालको कुनै कुनामा रहेको नया“ सोचले समेत विश्वको ईन्नोभेसन हेडक्वाटर भनेर चिनिने सिलिकन भ्यालिमा गएर प्रतिश्पर्धा गर्ने बाटो खुलेको स्र्टाटअप हब नेपालले जनाएको छ । स्टार्टअप वल्र्डकपको ग्लोबल चेम्पिएनले १३ करोड रुपैंया बराबरको लगानी पुरस्कार पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved