सुदूरपश्चिमका सांसदको दसैं खर्चमात्रै १ एक करोड ३५ लाख, जुठो परेका सांसदले पनि भत्ता छोडेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 09:01:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षको कार्यकाल सकिएको छ। कार्यकाल सकियसङ्गै प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले दसैँ खर्च बुझेका छन्।   पाँच वर्षमा सुदूरपश्चिमका सांसदहरुले मात्र एक करोड ३५ लाख ७० हजार नौ सय चाँडपर्व खर्च बुझेका हुन्।

सभामुख थापाले आर्थिक वर्ष २०७५/०७६ मा ५५ हजार चाँडपर्व खर्च बुझेकामा पछिल्ला चार वर्षमा ६४ हजारका दरले रकम बुझेका हुन्। उप–सभामुख निर्मला बडाल जोशीले २ लाख ७९ हजार रुपैयाँ पाँच वर्षमा बुझेकी छन्। उनले २०७५/०७६ मा ५१ हजार चाँडपर्व खर्च बुझेकी हुन भने पछिल्ला चार वर्षमा ५९ हजार पाँच सयका दरले खर्च बुझेका छन्।

प्रदेश सभा सदस्य अक्कल रावलले २ लाख ७७ हजार चाँडर्व खर्च पाँच वर्षमा बुझेका छन्। प्रदेश सभा सदस्यहरु अमरबहादुर साउँद, अर्चना गहतराज, उमाकुमारी बादी, कर्णबहादुर मल्ल, कुलवीर चौधरी, कृष्णबहादुर चौधरी, कृष्णराज सुवेदी, गेल्बु सिँह बोहरा, गोविन्द राज बोहरा, चुनकुमारी चौधरी, टेकबहादुर रैका आउजी, डिल्लिराज पन्त र तारा लामा तामाङले पाँच वर्षमा २ लाख ७४ हजारका दरले चाँडपर्व खर्च बुझेका छन्।

यस्तै प्रदेश सभा सदस्यहरु दिव्यश्वरी शाह, देवकी मल्ल थापा, देवराज पाठक, नन्दबहादुर साउँद, पूर्णा जोशी, प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, भरतबहादुर खड्का, महेशदत्त जोशी, मालामती कुमारी राना, रतनबहादुर थापा, वीरमान चौधरी, शान्ति नेपाली, श्यामलाल राना र बलबहादुर सोडारीले २ लाख ७४ हजारका दरले पाँच वर्षमा चाँडपर्व खर्च बुझेका छन्।

प्रदेश सभा सदस्य अम्भिकुमारी थापाले एक लाख ८० हजार, कुन्ती जोशीले २ लाख ७९ हजार ५ सय, कुमारी नन्दा बमले २ लाख ७९ हजार पाँच सय, झपटबहादुर बोहराले ५६ हजार पाँच सय, दीर्घबहादुर सोडारीले एक लाख १३ हजार, दुर्गाकुमारी कामीले २ लाख ७५ हजार, नेपालु चौधरीले २ लाख ७९ हजार पाँच सय, पठानसिँह बोहराले एक लाख ६७ हजार पाँच सय ५ वर्षमा चाँडपर्व खर्च बुझेका छन्।

यस्तै प्रदेश सभा सदस्यहरु प्रकाशबहादुर शाहले एक लाख ७२ हजार पाँच सय, प्रकाश रावलले २ लाख १७ हजार पाँच सय, मनाकुमारी साउँदले एक लाख ६१ हजार पाँच सय, मानबहादुर धामीले एक लाख ६१ हजार, मानबहादुर सुनारले २ लाख १७ हजार पाँच सय, माया तामाङ बोहराले २ लाख १७ हजार पाँच सय, माया भट्टले एक लाख ६९ हजार पाँच सय, रणबहादुर रावलले २ लाख ३५ हजार पाँच सय, लालबहादुर खड्काले २ लाख १७ हजार पाँच सय, लिलाधर भट्टले २ लाख ७५ हजार, सुशिला बुढाथोकीले २ लाख १७ हजार पाँच सय र हर्कबहादुर कुवँरले २ लाख ७९ हजार पाँच सयका दरले रकम बुझेका छन्।

प्रदेश सभाबाट सेवासुविधाको ऐन पारित गर्दै प्रदेश सभाका सदस्यहरुले चाँडपर्व शिर्षकमा रकम बुझेका हुन्। सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुले एक करोड ३५ लाख दशैँ खर्च बुझेका छन्। सुदूरपश्चिम प्रदेश सभाका ५१ जना प्रदेश सभा सदस्यहरुले पाँच वर्षमा एक करोड ३५ लाख बुझेका हुन्।

प्रदेश सभा सदस्यहरुको एक महिना बराबरको रकम चाँडपर्व खर्च पाउने कानूनी व्यवस्था अनुसार पाँच वर्षमा एक करोड ३५ लाख ७० हजार बुझेका हुन्। सुदूरपश्चिका सभामुख अर्जुनबहादुर थापाले मात्र पाँच वर्षमा तीन लाख ११ हजार रुपैयाँ चाँडपर्व खर्च बुझेका छन्। प्रदेश सभाको समय सकिएपछि प्रदेश सभाका सदस्यहरुले दसैंमा खर्च बुझेका छन्। स्रोतकाअनुसार जुठो परेर दसैं मनाउन नहुने सांसदहरुले पनि चाडपर्व खर्छ बुझेका छन् ।

३१) प्रकाश रावल: २,१७,५००

३२) प्रेमप्रकाश भट्ट: २,७४,०००

३३) बलदेव रेग्मी: २,७४,०००

३४) बलबहादुर सोडारी: २,७४,०००

३५) भरतबहादुर खड्का:२,७४,०००

३६) मनाकुमारी साउँद: १,६१,५००

३७) महेशदत्त जोशी:२,७४,०००

३८) मानबहादुर धामी: १,६१,०००

३९) मानबहादुर सुनार:२,१७,५००

४०) माया तामाङ बोहरा: २,१७,५००

४१) माया भट्ट: १,६९,५००

४२) मालामती कुमारी राना: २,७४,०००

४३) रणबहादुर रावल: २,३५,५००

४४) रतनबहादुर थापा: २,७४,०००

४५) लालबहादुर खड्का: २,१७,५००

४६) लिलाधर भट्ट: २,७५,०००

४७) वीरमान चौधरी: २,७४,०००

४८) शान्ति नेपाली: २,७४,०००

४९) श्यामलाल राना: २,७४,०००

५०) सुशिला बुढाथोकी: २,१७,५००

५१) हर्कबहादुर कुवँर: २,७९,५००

जम्मा : एक करोड ३५ लाख ७० हजार नौ सय

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved