नेमकिपाको चुनाबी घोषणापत्र सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2022 | 08:03:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल मजदुर् किसान पार्टिले पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा पार्टीको चुनाव चिन्ह मादलमा छाप लगाई आफना उम्मेदवारलाई विजयी गराएमा नेपाल र नेपाली जनताको हितमा छिट्टै नै ठूलो परिवर्तन ल्याउन बाटो खुल्ने दावी गरिएको छ । 

नेमकिपाले घोषणापत्रमा अपराधीहरुलाई मृत्युदण्डसम्मको सजायको बन्दोवस्त हुनुपर्नेमा जोड दिइएको छ । कृष्णप्रसाद भटराई नेतृत्वको नेपाली कांग्रेसको सरकारको पालामा ज्यान सजाय खारेज गरिएकै कारण अपराध बढेको र शासक दलहरु राजनीतिमा अपराधीकरण गर्न लागेको उसले जनाएको छ । 

नेमकिपाले  घोषणा पत्रमा नागरिकता विधेयक र एमसीसीलाई मुख्य प्राथमिकतामा राखेको छ । पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले संसद र सडकमा नागरिकता विधेयकको विरोधमा निरन्तर आवाज उठाउने जनाएको छ । घोषणापत्रमा जनताबाट निर्वाचित नेमकिपाका प्रतिनिधिहरूले देश र जनताको व्यापक हितमा नीति,

 बाटो–घाटोको निर्माण र अन्य सबै सार्वजनिक भवन तथा निर्माण कार्यहरू उपभोक्ता समितिमार्फत गराउने कानुन निर्माण गराउन सदन र सडकमा सङ्घर्ष गर्ने घोषणापत्रमा उल्लेख छ । राजमार्ग र अन्य राष्ट्रियस्तरको निर्माण कार्यमा हिजो कालोसूचीमा परेका र वर्षौँसम्म ठेक्कालाई अलपत्र पारी ठूल्ठूला पुल र सडकलाई बर्बाद पारी देश र जनतालाई दुःख दिने ठेकेदार रूलाई पुनः ठेक्का नदिलाउने ऐन–कानुन बनाउन संसद् र सडकमा जनतासँग मिलेर देशव्यापी सङ्घर्ष गर्ने जनाएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष विजुक्छेंले देशको सन्तुलित विकासका लागि काठमाडौ उपत्यका बाहिरबाट निर्वाचित सांसदहरुलाई काठमाडौमा घर बनाउन दिन नहुने बताए । यसो हुन सके उनीहरुको बसाई गाउँठाँउमा नै हुने र त्यसको विकासले गति लिने उनको भनाई थियो । अहिले सवै सेवासुविधा काठमाडौ केन्द्रित हुँदा देशको सन्तुलित विकास हुन नसकेको बताएका थिए । 

पत्रकार सम्मेलनमा पार्टी सचिव प्रेम सुवालले पार्टीले ५८ जिल्लामा उम्मेदबारी दिएको जनाए । प्रतिनिधिसभातर्फ एक सय नौ जना प्रत्यक्ष र ८९ जना समानुपातिक उम्मेदबार रहेको उनले जनाए । साथै प्रदेशसभातर्फ एक सय २२ जना प्रत्यक्षतर्फ र एक सय ३२ जना समानुपातिकतर्फ उम्मेदबार रहेको जनाए । उनले आफनो पार्टीले चौथौ वढी उम्मेदबार उठाएको जनाए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved