गगन थापाले भने, ‘अर्थतन्त्र डामाडोल छ, निराश जनता संगठित भए भने हामीलाई लखेट्छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2022 | 02:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा रहेको स्वीकार गरेका छन् । उनले अर्थतन्त्र तत्काल ठिकठाक हुने गरी काम गर्न नसकिए ठूलो दुर्घटना हुने जोखिम रहेको बताए । 

शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ ४ का मतदाताको छलफलमा महामन्त्री थापाले गठबन्धनले निर्वाचन ढुक्कसँग जित्ने तर, जितेपछि काम गर्न नसक्ने हो की भन्ने डर आफूलाई रहेको खुलासा गरे । 

‘मलाई चुनावको डर छैन, जित्छौँ कि जित्दैनौँ भन्ने छैन । ढुक्कसँग जित्छौँ’ थापाले भने, ‘तर, चुनाव जितेको भोलिपल्टबाट चाहिँ के गर्छौ ? सरकार बनाउँछौँ भनौँ भने अहिले पनि हाम्रो सरकार छ । चुनावपछि सरकार बनाएर काम गर्न सक्दैनौँ की भन्ने डर छ ।’

महामन्त्री थापाले आफू निर्वाचनको तयारीका क्रममा पुगेका सबै ठाउँमा जनता निराश देखेको पनि स्वीकार गरेका छन् । 

‘आम मानिसमा नैरास्यता देखेको छु, त्यो नैराश्यता संगठित जुन दिन हुन्छ, त्यो शक्तिले सत्तामा बस्नेहरुलाई बगाएर लैजान्छ’ उनले भने ‘निर्वाचनपछि हामी सिंहदरबार र प्रदेशमा हुन्छौँ, तर जनतामा हुँदैनौँ । त्यसकारण त्यो संगठित नैराश्यताले हामीलाई बढारेर लैजान्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved