
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरिदिएको हो ।
सर्वोच्चको फैसलासँगै गृहमन्त्री लामिछाने सांसदको उम्मेदवारसमेत हुन नपाउने ठहर गरेपछि चितवन–२ को सांसद पद पनि रिक्त भएको छ ।
नेपालको संविधानले गैरसांसदलाई मन्त्री हुन पाउने व्यवस्था गरेकाले लामिछानेको नागरिकता समेत मान्य नभएको ठहर भएपछि उनी उपप्रधान तथा गृहमन्त्रीको पदबाट समेत पदमुक्त भएका छन् ।
रविले यसअघि नै अमेरिकाको नागरिकता त्यागेकाले अब तत्काल जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन भने पाउने छन् ।
सँगै, चितवन २ मा पुनः निर्वाचन हुनेछ ।