४/१२ बारे अर्थमन्त्रीले भने 'एउटै टेबलमा बसेर छलफल गरौ, समाधान खोज्न सक्छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 07:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले एउटै टेबलमा बसेर छलफल गरेमा समस्याहरुको समाधान निस्कने बताएका छन्। काठमाडौँमा आयोजित 'अर्थतन्त्रका चुनौती तथा समाधानका उपाय' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले राष्ट्र बैंकका नीतिको कारण समस्या देखिएको गुनासो निजि क्षेत्रले गरेकोले ति समस्या छलफलबाट समाधान गर्न सकिने बताएका हुन् 

उनले राष्ट्र बैंकले लिएको ४/१२ को नीति, एलसी खोल्दा नगद मार्जिनको नीति, आयातमा गरिएका नीति, चालु पुँजी मार्गदर्शनका नीति लगायत अन्य सबै विषयमा छलफल बाट समाधान खोज्न सकिने बताएका हुन् । उनले भने 'समस्याबारे एउटै टेबलमा बसेर छलफल गरौ, छलफल गर्दा समाधान खोज्न सक्छौ' 

उनले सबै पक्षले समस्याहरुलाई समान ढंगले अनुभूति गर्नुपर्ने बताए । उनले समस्यालाई त्यस्तै छोड्दा समस्या झन् विकराल बन्न सक्ने भएकोले त्यस्तो अवस्था नआओस् भन्नेबारे सरकार गम्भीर रहेको बताए । सोहि कारण उनले समस्याबारे सँगै बसेर छलफलको लागि जोड दिएका हुन् 

उनले सरकार बजेट निर्माणको पूर्व तयारीमा जुटिसकेकोले अब बजेटको आकार रियालिस्टिक हुने बताए । त्यस्तै उनले बजेट मार्फत करको दर हेरफेर गर्ने नभई करको दायरा विस्तार गर्नेमा सरकारको जोड हुने बताए 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved