सोमबार सिभिल अस्पतालको प्रशासनमा ताला लगाउने तयारी, मंगलबारदेखि अनशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 07:54:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन भएलगत्तै आन्दोलनमा उत्रिएका सिभिल अस्पतालका चिकित्सक र कर्मचारीले सोमबार प्रशासनमा तालाबन्दी गर्ने भएका छन् । फागुन ३० गते सूचना प्रकाशन गरेर अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढी कर्मचारी माग गरेपछि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित बनेका थिए।

यसअघि हरेकदिन १ बजेदेखि १५ मिनेट धर्ना दिईरहेका उनीहरुले भोलि सोमबार अस्पताल प्रशासनमा तालाबन्दी गर्ने तयारी गरेका छन् । अस्पतालमा क्रियाशिल कर्मचारी यूनियनका, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनले संयुक्त रुपमा तालाबन्दीको कार्यक्रम राखेको एक कर्मचारीले बताए । अस्पतालको सेवा प्रभावित नगर्ने गरी प्रशासन शाखामा मात्रै तालाबन्दीको कार्यक्रम रहेको डाक्टर्स एसोसियसनका महासचिब डा दिपेश केसीले जानकारी दिए । त्यस्तै मंगलबारबाट २४ घण्टे रिले अनसन बस्ने गरी तयारी भएको उनले बताए ।

गत ३० गते सार्वजानिक भएको पदपूर्ति सम्बन्धी विज्ञापनमा असन्तुष्टि जनाउदै उनीहरुले नियमित विरोधका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्न, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर्न माग गरिहेका छन् ।

त्यस्तै विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्नसमेत व्यवस्थापन पक्षसँग माग गरिएको डा केसीले बताए ।

आन्दोलनका विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई समेत जानकारी गराएको उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved