फेरि उप्कियो ललिता निवास प्रकरण : तत्कालिन मालपोत प्रमुखसहित थप पाँच पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 04:21:15 PM मा प्रकाशित

laxmi  sunrise bank

किर्ते गरी ललिता निवासको जग्गा हडपेको घटनामा तत्कालिन मालपोत कार्यालय डिल्लीबजारका प्रमुखसहितका थप पाँच जना पक्राउ परेका छन् । आज विहान भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ पक्राउ परे लगत्तै उनीहरुलाई पनि समातिएको हो । 

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुबेर कडायतका अनुसार पछिल्लो समयमा पक्राउ पर्नेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, हुपेन्द्रमणि केसी र गोपाल कार्की रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख र कपाली कर्मचारी भएका बताइएको छ । 

विसं २०४९ देखि २०६९ सम्ममा सरकारी स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर सिआइवीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकीलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । 

त्यसपछि घटनाको अनुसन्धान प्रक्रिया नै सेलाएर बसेका बेला फेरि सिआइलीले फाइल ओपन गरी घटना उप्काएको छ । 

उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता गरिसकेको छ । मुद्दा अहिले पनि विचाराधिन रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved