भाइ पक्राउपछि विनोद चौधरीको ब्रिफिङः हाम्रो परिवारमाथि प्रतिशोध साँधियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 04:43:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको विषयमा सीजी ग्रुपका प्रमुख विनोद चौधरीले पार्टीमा ब्रिफिङ गरेका छन् । नेपाली कांग्रेसको जारी संसदीय दलको बैठकमा चौधरीले आफ्ना भाइ अरुणको पक्राउ बारे ब्रिफिङ गरेका हुन् । 

कांग्रेस सांसद समेत रहेका उनले राजनीतिक प्रतिशोध साँधेर आफ्नो परिवारमाथि नै हमला भएको बताएका हुन् । बाँसबारी छालाजुत्ताको जग्गा सीजी होल्डिङले अनाधिकृत रुपमा कब्जा गरेको भन्ने आरोप निराधार रहेको भन्दै यो आरोपको खण्डन गरेका छन् । 

‘म र मेरो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको छ, यो विषयमा कांग्रेस र अर्थमन्त्रीले बोल्नुपर्छ’ कांग्रेस सांसदसमेत रहेका उद्योगपति चौधरीले भने, ‘बिना कुनै कसूर बदनाम गर्ने कार्य राम्रो भएन । अपराध गरेको रहेछु भने मलाई कारबाही होस्, होइन भने पार्टी र अर्थमन्त्रीले यसबारे खण्डन गर्नुहोस् ।’

चौधरीले च्याम्पियन फुटवेयर लिमिटेडले २०५२ सालमा खुल्ला प्रतिस्पर्धाबाट बाँसबारी छालाजुत्ता कारखानाको शेयर खरिद गरेको दाबीसमेत गरेका छन् । उनले बिक्रीमा राखेको शेयर खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको बताएका छन् । खुल्ला प्रतिस्पर्धाबाट किनेको शेयरबापतकै सम्पत्तिको रुपमा त्यो जमिन रहेको उनको दाबी छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved