राष्ट्रिय योजना आयोगले पायो पूर्णता, डा. उमाशंकरले लिए सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 07:06:00 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष सदस्य उमाशंकरले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

केही समय अघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । नवनियुक्त सदस्य उमाशंकरको सपथसँगै आयोगले पूर्णता पाएको छ ।

रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि (पिएडि) गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बीमा बोर्डको पूर्व अध्यक्ष समेत हुन् । उमाशंकर प्रध्यापन पेशामा समेत सक्रिय थिए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved