सुरु भयो क्यान इन्फोटेक, नेपालमै विकास भएका एआई जेनेरेटिभ सिस्टम प्रदर्शनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 02:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 कम्प्युटर एशोशियन अफ नेपाल (क्यान) महासंघको आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ ।​ बिहिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ​मोबाइलको बटन थिचेर यो प्रदर्शनीको उद्घाटन गरेकी हुन्।

क्यान महासंघका अध्यक्ष रञ्जीत कुमार पोद्दारका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ । पाँच दिनसम्म सञ्चालनमा हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० ओटा स्टल रहेका छन्। 

क्यान इन्फोटेकमा नेपालमै विकास भएको एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न सेवा र उत्पादनको विशेष प्रदर्शनीमा रहेको महासंघका अध्यक्ष पोद्दारले बताए । साथै, यस प्रदर्शनीमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरिएको छ। प्रदर्शनीमा प्रवेश गर्न सर्बसाधारणले रु. १०० र विद्यार्थीले रु. ५० प्रवेश शुल्क तिर्नु पर्ने हुन्छ । 

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved