ईको प्यानलको अन्तरक्रियामा सहभागीले भने, 'महँगो भएपनि स्वदेशी बस्तुको प्रयोग गरौँ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 08:57:19 PM मा प्रकाशित

laxmi  sunrise bank

ईको प्यानल नेपालले ग्रिल तथा स्टिल व्यवसायीहरुको बिहीबार भक्तपुरमा गरेको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमका वक्ताले महँंगो भए पनि स्वदेशमै बनेका बस्तुहरुको प्रयोगमा विशेष जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष एवं नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका संस्थापन अध्यक्ष मोहन कटुवालले नेपाल सरकारले १५ प्रतिशत वढी महँंगो भए पनि नेपालमै वनेका बस्तुको प्रयोगमा जोड दिएको स्मरण गर्दै अव यसलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा बताए । 

उनले स्वदेशी वस्तुको प्रयोगलाई नारामा मात्रै सिमित नराखी व्यवहारमै उतार्नुपर्नेमा बताए । ईको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले आफूहरुले उत्पादन मात्रै नभई उत्पादनका लागि आवश्यक कच्चा पदार्थमध्येमा पनि ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी नै प्रयोग गरेको जानकारी गराए । उनले नेपालमा नयाँं आधुनिक निर्माण सामाग्रीको अनुसन्धान गर्दै अहिले इको प्यानलको उत्पादन थालेको जनाए । 

कम्पनीका व्यवस्थापक विक्रम गोसाईले लामो अनुसन्धानपछि आफूहरुले इको प्यानलको उत्पादन थालेको जानकारी दिए ।

ईको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved