जापान पठाईदिने भन्दै ३५ लाख ठग्ने पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 07:24:52 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले जापान पठाउने आश्वासनमा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको निबुवाटारका ३७ वर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् ।

उनलाई प्रहरीले आइतबार काठमाडौंस्थित बिजुली बजारबाट पक्राउ गरेको हो । उनी हाल ललितपुरको सानेपामा बस्दै आएका थिए ।

उनले रिता मल्लसहित ६ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाउने आश्वासन दिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले आठ लाख रुपैयाँ लागतमा जापान पठाउने आश्वासन दिएका थिए ।

पीडितहरूलाई अधिकारीले जापान पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक दुई लाख ५० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

तर, पीडितहरूबाट पटकपटक ३५ लाख ५० हजार रुपैयाँ रकम लिएपछि उनी सम्पकर्विहीन बनेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई ्वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved