ओपन एआईको 'सोरा'ले विश्वभर तरङ्ग, लेखेकै भरमा बन्छ उच्च क्वालिटीको भिडियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 07:46:36 PM मा प्रकाशित

laxmi  sunrise bank

च्याट जीपीटी संचालन गरिरहेक ओपन एआईले आफ्नो नयाँ प्रोडक्ट सोरा सार्वजनिक गरेको छ। बिहिबार सार्वजनिक भएको सोराले अहिले विश्वभर तरङ्ग ल्याएको छ । 

सोराले प्रम्प्ट अर्थात् लेखेर निर्देशन दिएको भरमा ६० सेकेण्डसम्मको भिडियो तयार पारिदिन्छ । जुन भिडियो १०८० पी को क्वालिटीमा हुने ओपन एआईले जनाएको छ। कम्पनीले सार्वजनिक गरेको ब्लग पोस्टमा सोराले एक भन्दा बढी पात्र भएको, विभिन्न मोसन भएको र डिटेल ब्याकग्राउण्ड भएको भिडियो समेत बनाउन सक्ने उल्लेख गरेको छ । प्रयोगकर्ताले दिएको निर्देशन अनुसार ति पात्र वास्तविक रुपमा कस्तो छन् र कसरी रहने गरेका छन् भन्ने समेतलाई आधार मानेर भिडियो बनाउन सक्ने बताईएको छ । सोराले विगत र वर्तमानको मात्र नभई भविष्य कस्तो हुने छ भन्ने बारेको भिडियो पनि बनाएको छ ।

हाललाई सोरा सर्वसाधारणको लागि सार्वजनिक गरिएको छैन ।  सुरुमा यो प्रोडक्ट साइबर सुरक्षा विज्ञहरुको लागि सार्वजनिक गरिने बताईएको छ। उनीहरुले यसको कमजोरी र जोखिमबारे सुझाव दिने छन् । त्यसपछि भिजुअल आर्टिस्ट, डिजाइनर र फिल्ममेकरहरुलाई प्रयोगको लागि दिईने छ । उनीहरुले प्रयोगपछि सल्लाह दिने छन् । 

 सोरा सार्वजनिक भएसंगै यसले विश्वभर तरङ्ग ल्याएको छ । सोराले बनाएका भिडियो हेरेर धेरैले यो अविश्वसनीय भएको बताएका छन् भने कतिपयले अहिले नै यस्तो प्रविधि आउँदा अबको विश्व कस्तो होला भन्ने उत्सुकता प्रकट गरेका छन् । कतिपयले यसले सोचेभन्दा पनि अद्भुत भिडियो बनाएको उल्लेख गरेका छन् ।  

कतिपयले भने अहिले नै एआईले यस्तो भिडियो बनाउन थालिसकेकोले अब भविष्यमा फिल्म नै एआई मात्रले बनाउन सक्ने अनुमान गरेका छन् । कतिपयले भने अबको भविष्य प्रम्प्टमा नै रहेकोले प्रम्प्ट इन्जिनियरिंगको पढाई समेत सुरु हुनु पर्ने बताएका छन्  । 

हेर्नुस् सोराले बनाएको भिडियो :


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved