नेपालमा केबुलकार भित्र्याउने उद्यमी श्रेष्ठको पुस्तक विमोचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 06:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।

उनले आफ्ना चेलासमेत रहेका श्रेष्ठबारे भने, ‘केहि मानिस स्पष्ट बाटो हिँड्छन् र गन्तव्यमा पनि पुग्छन् । लक्ष्मणबाबु श्रेष्ठ यस्तै मानिस थिए । अगाडि बढ्नु छ भने उनीजस्तै उद्देश्य राखेर झुट नबोली अडानका साथ काम गर्नुपर्छ ।’ 

उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले लक्ष्मणबाबुबाका तीन कुरा प्रेरणादायी रहेको बताए । ‘उनी साहस र संकल्प गर्ने व्यक्तित्व हुन् । दोस्रो, उनी सिर्जनात्मक व्यक्तित्व पनि हुन्’, उनले भने, ‘तेस्रो, कामप्रति निष्ठापूर्वक लाग्ने जुन समर्पणसहितको हुन्थ्यो ।’ 

उनले भने, ‘सामाजिक–आर्थिक रुपान्तरणमा दूरदृष्टि भएका उनी हाम्रा लागि आर्थिक समृद्धिमा प्रेरणा प्रदान गर्ने व्यक्ति पनि हुन् ।’

अनुसन्धानकर्ता, संकलक एवं लेखक प्राडा जयराज आचार्यले असम्भव जस्तै लाग्ने केबुलकार नेपाल भित्र्याउनु चानचुने कुरो नभएको समय विसं २०५५ सालमा हिम्मत बटुलेर मनकामना मन्दिरसम्म लाखौं भक्तजनलाई जोड्न लक्ष्मणबाबु सफल भएको बताए । पुस्तकका अर्का अनुसन्धानकर्ता, संकलक एवं लेखक विवेक गौतमले लक्ष्मणबाबु व्यवस्थापनका इन्साइक्लोपेडिया भएको बताए । 

पूर्व राजदूत एवं सहपाठी सूर्यप्रसाद श्रेष्ठले नेपालमा प्रविधि भित्र्याउन लक्ष्मणबाबुको ठूलो हात रहेको बताए । 

लक्ष्मणबाबुका ज्येष्ठ भतिज ध्रुवबाबु श्रेष्ठले तीन वर्ष लगाएर पुस्तक तयार पारेको बताए । पुस्तकमा लक्ष्मणबाबुको बाल्यकाल, विद्यार्थी काल, व्यवसायिक जिम्मेवारी र अन्तर्वार्ताहरु समेटिएका छन् । 

१० वर्षअघि दिवंगत लक्ष्मणबाबुबारेको यो पुस्तक न्यू नेपाल प्रेसले प्रकाशन गरेको हो भने किताब जात्रा अनलाइनबाट विश्वभर पु¥याउने व्यवस्था गरिएको कार्यक्रममा जानकारी दिइयो । किताब बिक्रीबाट हुने आम्दानी ट्रस्टमार्फत् समाजसेवामा खर्च गरिने योजना रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved